पाल्पाको घोरबन्दामा तीज विशेष फुटबल प्रतियोगिता, उपाधि राशी ६० हजार
पाल्पा | साउन १९, २०८१
Filed Photo- New Jagriti YC, Palpa
पाल्पा: पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
हरितालिका तीजको अवसरमा स्थानीय क्लब जागृति युवा क्लबले आगामी भदौ ८ गतेदेखि घोरबन्दास्थित कोठिचौर खेलमैदानमा सञ्चालन गर्ने क्लबका अध्यक्ष जनक गाहामगरले जानकारी दिए ।
उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ ।
उनले प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको बताए ।
सो प्रतियोगिताले पाल्पाकै फुटबलको विकासमा टेवा पुग्ने अध्यक्ष गाहामगरले बताए । ‘पाल्पामा पछिल्लो समय फुटबलको पनि क्रेज बढिरहेको छ, यसले नयाँ खेलाडी उत्पादन र फुटबल खेलको विकास गर्नेमा विश्वस्त छौ’, अध्यक्ष गाहामगरले भने ।
यस्तै क्लबका सदस्य विरबल रानामगरले आपसी भाइचाराको सम्बन्धलाई स्थापित गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । उनका अनुनसार विगतमा पनि सामाजिक क्रियाकलापमा सक्रिय रहदै आएको क्लब २०३८ सालदेखि नै खेलकुदको क्षेत्रमा क्रियाशिल रहदै आएको छ ।

सो प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क नगद रु ६ हजार (थप १ हजार रेड कार्ड) निर्धारण गरिएको छ भने टिम दर्ता फोनमार्फत (९८४७१०१०५०, ९८१७५२८६७८ र ९८६८३३८२११) पनि गर्न सकिने आयोजकले जनाएको छ ।
गत वर्ष कुल ११ टिमको सहभागिता रहेको प्रतियोगितामाा आयोजक नव जागृती युवा क्लब (कालो) लाई पराजित गर्दै सराई एफसी च्याम्पियन बनेको थियो ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

